नेपाली कांग्रेसको  उपसभापति पदको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको  उपसभापति पदको मतगणना सुरु भएको छ। निर्वाचन समितिका अनुसार साँझ ६ बजेदेखि मतगणना सुरु भएको हो।
दुई जना उपसभापति पदका लागि सात जना प्रतिस्पर्धामा हुनुहुन्छ ।
सभापति शेरबहादुर देउवा प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, डाक्टर शेखर कोइराला प्यानलबाट डा.चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला प्रतिस्पर्धामा हुनहुन्छ ।
साथै महेश आचार्य र दिव्यश्वरी शाह पनि उपसभापति पदको प्रतिस्पर्धामा हुनहुन्छ।

Back to top button