
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानअन्तर्गत उपसभापति पदको ६०० मतगणना भएको छ ।
उपसभापतिको ६०० मतगणना हुँदा डा. चन्द्र भण्डारीले २१५, धनराज गुरुङले २५८, पूर्णबहादुर खड्काले २४६, विजयकुमार गच्छदारले २४६ मत पाउनु भएको छ ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ ।