नेपाली क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई जिम्मेवारी

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ।

क्यानको आज बसेको बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाएर सन्दीपलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

पछिल्लो पटक क्यानले गरेको नयाँ वर्गीकरणमा मल्ललगायत केही खेलाडीले त्यसको विरोध गर्नु भएको छ ।

यसबारे क्यानले दुई पटक स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो जवाफ नभएको भन्दै मल्ललाई कप्तानीबाट हटाउने निर्णय गरेको जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बैठकले कप्तान फेर्ने निर्णय गरेको र सन्दीपलाई आजैदेखि कप्तानको जिम्मेवारी दिने निर्णय गरेको बताउनु भयो ।

क्यानले दीपेन्द्रसिंह ऐरीलाई पनि उप–कप्तानबाट हटाएको छ।

नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व पारस खड्काले छाडेपछि क्यानले मल्ललाई कप्तान र ऐरीलाई उप–कप्तान नियुक्त गरेको थियो।

पारस कप्तान भएको वेला मल्ल उप–कप्तान रहनु भएको छ ।

मल्लले सन् २०१९ मा भएको एसिसी इमर्जिङ नेसन्स कपबाट राष्ट्रिय टोलीको कप्तानी सम्हाल्नु भएको थियो।

यसका साथै क्यानले ज्ञानेन्द्रसहित दीपेन्द्र, कमलसिंह ऐरी र सोमपाल कामीलाई ६ महिनाका लागि खेल प्रतिबन्ध लगाइएको छ।

यी ४ खेलाडीले आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै कारबाही गरेको दाबी क्यानले गरेको छ।

कारबाही गरेका ४ खेलाडीसँग क्यानले ६ महिना सम्झौतासमेत नगर्ने जनाएको छ।

Back to top button