नेपाली कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ निर्वाचित दुई मतले गच्छदार पराजित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचन अन्तर्गत उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित हुनु भएको छ ।

आज बिहान २ बजे सार्वजनिक अन्तिम मतपरिणाम अनुसार उपसभापतिमा धनराज गुरुङले विजय कुमार गच्छदारलाई झिनो मतअन्तरले पराजित गर्नु भएको छ ।
गुरुङले १९०८ मत ल्याएर उपसभापति निर्वाचित हुँदा गच्छदारले १९०६ मत ल्याउनु भएको थियो। उहाँहरु बिचको मतअन्तर भने २ छ ।

सभापति संस्थापन पक्षका पक्षका उम्मेदवार खड्का र संस्थापन इतरसमुहका कोइराला पक्षका उम्मेदवार गुरुङ निर्वाचित हुनु भएको हो ।

उपसभापतिमा पूर्णबहादुर खड्काले २१२१, विजयकुमार गच्छदारले १९०६ , धनराज गुरुङले १९०८ र डा। चन्द्र भण्डारीले १५८० मत ल्याउनु भएको छ ।

उपसभापतिका अन्य उम्मेदवारहरू सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्येश्वरी शाहले १३२ मत प्राप्त गर्नु भएको छ ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा.चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा रहेको थियो ।

सभापतिमा भने प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसक्नु भएको छ ।

Back to top button