हारे पनि जितेको महसुस भएको छ : सुजाता कोइराला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले उप–सभापति पदमा पराजित भएपनि आफुले उठाउँदै आएको लैङ्गिकलगायत अससमानताविरुद्ध अविचलित रही लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले उपसभापतिमा पराजित भएपछि आज फेसबुकमा स्टाटस लेख्दै पराजित भएपनि आफुले जितेको महसुस गरेको बताउनुभएको हो । कांग्रेस पार्टी र राज्यको हरेक निकायमा महिलाको समान सहभागिताका लागि आफूले उठाएको मुद्दाले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रसम्म स्थान पाएको उहाँको भनाइ छ।

यस्तै देशको कुनाकाप्चाबाट महाधिवेशनमा सहभागी हुन आएका महिला मतदाताको मुहारमा आशा र उत्साह देखेकोले आफुलाई थप हौसला मिलेको उहाँले बताउनुभएको छ ।

त्यस्तै महाधिवेशनमा सहभागी महिलामा देखिएको उत्साहले निकट भविष्यमा महिला कांग्रेसको नेतृत्वमा आउने उहाँको विश्वास छ। उहाँले सबैलाई महाधिवेशनपछि कांग्रेस एकढिक्का भएर लोकतन्त्र बलियो बनाउन अपिल गर्नुभएको छ ।

उहाँले उप–सभापतिमा विजयी खड्का र गुरुङलाई बधाई दिँदै सफल कार्यकालको कामना समेत गर्नुभयो ।

 

Back to top button