आगो निभाउने क्रममा एक जनाको मृत्यु

डोल्पा । डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटमा जङ्गलमा लागेको आगो निभाउने क्रममा लडेर घाइते भएका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ।

आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुऱ्याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ । आगो अझैँ नियन्त्रणमा आउन नसकेको स्थानीयवासी टेकबहादुर शाहीले बताउनुभयो ।

हेलिकोप्टर भाडासमेत उद्यारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताउनुभयो।

Back to top button