कांग्रेस महामन्त्रीको मतगणना शुरू

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना शुरू भएको छ।

आज बिहान ९ बजेबाट नै मतगणना सुरु गर्ने भनिए पनि एक घण्टा ढिला सुरु भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै समितिका अनुसार कुनै प्राविधिक समस्या नआए महामन्त्रीको अन्तिम नतिजा तीनदेखि चार घण्टामा सार्वजनिक हुनेछ। कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि गत सोमबार नै निर्वाचन भएको थियो।

त्यस्तै निर्वाचनमा गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले उम्मेदवारी दिनुभएको थियो ।

गतसोमबारको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मतदाताले मतदान गरेका थिए। कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो।

सभापति र उपसभापति पदको परिणाम घोषणा भइसकेको छ।

Back to top button