महामन्त्रीमा गगन थापाको अग्रता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत महामन्त्री पदको मतगणनाको प्रारम्भिक परिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार ५०० मत गन्दा गगन थापाले सर्वाधिक ३ सय ३५ मत ल्याउनुभएको छ ।

विश्वप्रकाश शर्माले १ सय ८५ र प्रदिप पौडेलले १ सय ७७ मत प्राप्त गर्नुभएको छ । यस्तै प्रकाशशरण महतले १ सय ६३ र मीनेन्द्र रिजालले ८६ मत पाउनुभएको छ भने राजाराम कार्कीले १२ मत ल्याउनुभएको छ ।

दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउने व्यवस्था रहेको थियो ।

Back to top button