
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका लागि भएको निर्वाचनको परीणाम आउनेक्रम जारी छ ।
६०० मत गणना हुँदा गगन थापाले ३८९ मत प्राप्त गर्नुभएको छ । दोस्रोमा विश्वप्रकाश शर्माले २ सय ३१ मत प्राप्त गर्नुभएको छ ।
यस्तै प्रदिप पौडेलले २ सय ६, प्रकाशशरण महतले स् २सय १, मिनेन्द्र रिजालले १ सय १ र राजाराम कार्कीले १८ मत ल्याउनुभएको छ ।