एमालेका प्रदेश १ का पदाधिकारीहरुको सपथ तथा पदभार ग्रहण

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ कमिटीका पदाधिकारीहरुको सपथग्रहण तथा पदभार ग्रहण सम्पन्न भएको छ ।

नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा आयोजित कार्यक्रममा नव गठित कमिटीका अध्यक्ष तथा पदाधिकारीहरुलाई प्रदेश १ इन्चार्ज देवराज घिमिरेले सपथ ग्रहण गराउनुभएको हो ।

एमाले प्रदेश १ कमिटीको अध्यक्षमा तुलसीप्रसाद न्यौपाने, उपाध्यक्षमा टिका चेम्जोङ, सचिवमा चिन्तन पाठक उपसचिवमा घना तामाङ र शैलेस लामा चयन हुनुभएको छ ।

उहाँहरुलाई सपथ तथा पदभार ग्रहण गराउँदै एमाले पूर्व प्रदेश अध्यक्ष तथा इन्चार्ज घिमिरेले चितवनमा सम्पन्न महाधिवेशनको म्याण्डेड र आगामी निर्वाचनलाई मध्यनजर गर्दै पार्टीको गतिबिधिमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु लालबाबु पण्डित, गुरु बराल, भानुभक्त ढकाल, हिक्मत कार्की केन्द्रीय सदस्य तथा प्रदेश १ का सहइन्चार्ज विनोद ढकाल, राजेन्द्र गौतम, एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेललगायतका नेताहरुको सहभागिता थियो ।

Back to top button