रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजिनामा दिने घोषणा

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिने बताउनुभएको छ । पार्टीको १४ औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेदवार रहनुभएका रिजाल मतगणनामा पराजयतर्फ अग्रसर रहेको बेला उहाँले सामाजिक सञ्जालबाट राजीनामा दिने बताउनुभएको हो ।

उहाँले ट्विट गर्दै लेख्नुभएको छ, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।

अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु। महामन्त्री पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार २ हजार ५ सय २० मतपत्र गन्दा गगन थापाले सर्वाधिक १ हजार ६ सय ४८ मत प्राप्त गर्दा विश्वप्रकाश शर्माले १ हजार १९ मत ल्याउँदै दोस्रो स्थानमा हुनुहुन्छ । प्रदिप पौडेलले ७ सय ४६ मत प्राप्त गर्नुभएको छ ।

Back to top button