बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण, सबै यात्रु सकुशल

काठमाडौं । बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरिएको छ। भरतपुरबाट उडान भरेको केहीबेरमै यान्त्रिक गडबडी आएपछि पुनः भरतपुरमै अवतरण गरेको हो।

यस्तै नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दीपक विकका अनुसार दिउँसो १ बजेर १६ मिनेट जाँदा आकाशमा उड्नेबित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले जनाएपछि तत्काल भरतपुरमै अवतरण गरिएको थियो।

जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन्। अन्य कारणका बारेमा खोजी भइरहेको उहाँले जानकारी दिनुभयो ।

बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक दलका सदस्य रहेका थिए। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले यात्रु र चालक दल सबै सकुशल रहेको बताउनुभयो ।

कुनै समस्या हुनसक्ने भन्दै दमकल तयारी अवस्थामा राखिएको छ। यससँगै यहाँबाट हुने हवाई उडान प्रभावित भएको छ ।

Back to top button