नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ । आज पार्टी कार्यालय सानेपामा भएको मतगणनामा अन्य ४ प्रतिस्पर्धीलाई हराउँदै गगन र विश्वप्रकाश विजयी हुनुभएको हो ।

विजयी दुवै युवा उम्मेदवार पार्टीभित्र मात्रै नभएर पार्टी बाहिरपनि उत्तिकै लोकप्रिय हुनुहुन्छ । यस्तै महामन्त्रीमा डा. प्रकाशशरण महत, मीनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल भने पराजित बन्न पुग्नुभएको छ ।

गगन शेखर कोइराला प्यानलबाट चुनाव लड्नुभएको थियो भने विश्वप्रकाशचाहिँ प्रकाशमान सिंह प्यानलबाट चुनाव लड्नुभएको थियो । गगन र विश्वप्रकाश विजयी हुँदा देउवा प्यानलबाट चुनाव लड्नुभएका महत र पौडेल पराजित हुनुभएको छ ।

Back to top button