मेक्सिकन अभिनेत्री तथा गायिका तानियाको हत्या

काठमाडौं । मेक्सिकन अभिनेत्री तथा गायिका तानिया मेन्डोजाको हत्या भएको छ। कोएरनाभाका सहरको एक स्पोर्ट कम्प्लेक्सबाहिर उभिनुभएकी तानियाको गत मंगलबार गोली हानी हत्या भएको हो।

आफ्नो ११ वर्षीय छोरालाई पर्खिएर बसिरहनुभएकी तानियामाथि मोटरसाइकलमा आएका दुई जना हतियारधारीले गोली प्रहार गरी फरार भएका थिए। उनीहरूले तानियालाई लक्षित गरेर पाँचदेखि ६ राउड फायर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

यस्तै हत्याबारे मेक्सिकन प्रहरीले अनुसन्धान गरिरहेको छ। यसअघि पनि सन् २०१० मा श्रीमान र छोरासहित तानिया अपहरणमा पर्नुभएको थियो । त्यसपछि पनि आफूले ज्यान मार्ने धम्की पाइरहेको भन्दै उहाँले प्रहरीमा उजुरी दिनुभएको थियो ।

सन् २००५ मा ले मिरा डेल सुर फिल्मबाट आफ्नो करिअरको सुरुवात गनुभएको ४२ वर्षीया तानिया पछिल्ला केही वर्षमा गायनमा सक्रिय हुनुहुन्थयो ।

उहाँका पाँच एल्बम सार्वजनिक छन्। पछिल्लो वर्षको तथ्यांकका अनुसार मेक्सिकोमा हरेक दिन १० महिलाको हत्या हुने गरेको छ।

Back to top button