कांग्रेस सहमहामन्त्रीमा देउवा प्यानलका ६ जना निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसका ८ सहमहामन्त्री पदमा शेरबहादुर देउवा पक्षका ६ जना र डा. शेखर कोइराला पक्षका २ जना विजयी हुनुभएको छ ।

कांग्रेसको १४औं महाधिवेशनको क्रममा पार्टी नेतृत्व चयनको लागि भएको निर्वाचनको मतगणना जारी छ । सहमहामन्त्रीका उम्मेदवारको मतगणना हिजो सकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले घोषणा गरेको विजयी उम्मेदवारमध्ये आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फकी महालक्ष्मी उपाध्याय ‘डिना’, खसआर्यतर्फका किशोरसिंह राठौर, मधेशीतर्फ महेन्द्र यादव, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर र थारूतर्फ उमाकान्त चौधरी शेरबहादुर देउवा प्यानलबाट विजयी हुन भएको छ ।

दलिततर्फका सहमहामन्त्री जीवन परियार र अल्पसंख्यक तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्री बनेका बद्री पाण्डे कोइराला प्यानलका उम्मेदवार विजयी हुनु भएको छ ।

Back to top button