विवेकशील साझा पार्टीको विवाद : पाण्डेलाई स्पष्टीकरण दर्शनालाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई स्पष्टीकरण सोध्नु भएको छ भने बागमती प्रदेशकी संयोजक रञ्जु दर्शना र अन्तर्राष्ट्रिय समितिका संयोजक सुरेश भट्टलाई जिम्मेवारीबाट हटाउनु भएको छ ।

पुस १ गते पाण्डेलाई मिश्रले स्पष्टीकरण सोधेको र दर्शना र भट्टलाई संयोजकबाट हटाउनु भएको हो ।
नेता हरिश भट्टका अनुसार मिश्रले ती बागमती प्रदेश र अन्तर्राष्ट्रिय समितिका सहसंयोजकलाई बोलाएर नयाँ संयोजक छान्ने प्रस्ताव ल्याउन निर्देशन दिएको दिनु भएको छ ।

मिश्रले बिहीबार केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउनु भएको थियो । पाण्डेलाई पुस ४ सम्म स्पष्टीकरण बुझाउन समय दिइएको छ।

त्यस्तै, पार्टीका वरिष्ठ नेता केशव दाहाललाई प्रशिक्षण विभाग प्रमुखबाट हटाइएको छ। साथै, संसदीय दलका नेता रमेश पौड्याललाई फिर्ता बोलाउने तयारी गरेको बुझिएको छ।

पाण्डेले निर्वाचन आयोगमा उजुरी दिएपछि निर्वाचन आयोगले मिश्रलाई स्पष्टीकरण सोधेको थियो।

एकचोटि फुटेर गत मंसिरमा दोस्रोपटक एकीकरण गर्नुभएका मिश्र र पाण्डेले एकीकरण गर्दा पार्टीलाई गतिशील, मध्यवामपन्थी, संविधानवादलाई पूर्णतः पालना गर्ने र विगतका आन्दोलनका उपलब्धीहरूलाई रक्षा गर्ने पार्टी बनाउने भनेर लिखित सहमति गर्नु भएको थियो ।

Back to top button