
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले समयमा मर्मत नगरिएका गाडी गुडाउँदा दुर्घटना बढेको बताउनुभएको छ ।
आज नेपाल रिकन्डिसन अटो व्यवसायी संघको प्रथम राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री यादवले चलाउनै नहुने अवस्थाका गाडी पनि गुडाउने गरेको कारणले दुर्घटना हुने गरेको बताउनुभएको हो ।
समयमा मर्मतसम्भार गरेर गाडि गुडाउँदा पनि दुर्घटना न्यूनिकरण हुने मन्त्री यादवले तर्क गर्नुभएको छ । उहाँले रिकन्डिसन अटो व्यवसायीले पनि सही अवस्थाको गाडी मात्रै विक्री, वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरुले बिक्रि गरेकै गाडीको कन्डिसनको कारणले दुर्घटना नहोस्, त्यसमा ध्यान पुगोस । दुर्घटना हुनुमा चालकको लापरवाहि पनि अर्को काराण बन्ने गरेको समेत बताउनुभयो ।
मन्त्री यादवले रिकन्डिसन अटो व्यवसायी काठमाडौँ उपत्यका बाहिरका ठूला सहरहरूमा पनि लैजान सके सर्वसाधारणले सुविधा लिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
व्यवसायीहरूलाई प्रोत्साहन गर्न सरकार तयार रहेको भन्दै उहाँले व्यवसायीहरूलाई छलफलमा आउन समेत आग्रह गर्नुभयो ।