प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिता सुरु, उद्घाटन खेलमा प्रदेश १ विजयी

धनगढी । प्रधानमन्त्रीकप महिला क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। उद्घाटन खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ६० रनको फराकिलो अन्तरले पराजित गरेको छ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिलो ब्याटिङ रोजेको प्रदेश १ ले २० ओभरको खेलमा २ विकेट गुमाएर १ सय ६६ रन बनाएको थियो। जवाफमा कर्णाली ६ रनमा समेटियो ।

Back to top button