प्याब्सन मोरङमा सुब्बा

विराटनगर । निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको अध्यक्षमा शितला सुब्बा निर्वाचित हुनु भएको छ । प्याब्सन मोरङको इतिहासमा दोस्रो पटक सुब्बा महिला अध्यक्ष हुनुभएको हो ।

गएराति सम्पन्न प्याब्सन मोरङको १५ औं जिल्ला अधिवेशनले अध्यक्षमा सुब्बा सहित वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल, उपाध्यक्षद्धयमा भक्त सुब्बा र सुरेन्द्र सुवेदीलाई निर्वाचित गरेको छ ।

यस्तै सुचिवमा जगत बस्नेत निर्वाचित हुनु भएको छ भने कोषाध्यक्षमा बिष्णु डंगोल बिजयी हुनु भएको छ ।  सह– सचिवद्धयमा विकर्ण कार्की र मनोज रेग्मी निर्वाचित हुनु भएको छ भने सह कोषाध्यक्षमा भूपाल बस्नेत निर्वाचित हुनु भएको छ ।

अधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष,, सहसचिव र ५ जना खुल्ला सदस्यहरु सर्वसहमतिमा निर्वाचित गरेको हो भने बाँकी पदहरुमा मतदान नै भएको थियो । खुल्ला सदस्यहरुमा मणि भट्टराई, अमिश रेग्मी, दिपक घिमिरे, रुद्रप्रसाद थापा र कमलप्रसाद तिम्सिना निर्वाचित हुनुभएको हो ।

४९ जनाको कार्यसमिति रहेको मोरङ प्याब्सनमा अधिवेशनबाट १५ जना निर्वाचित गरेको हो भने, जिल्लाका १७ वटै पालिकाका अध्यक्षहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

यस्तै हरेक स्थानीय पालिकाबाट एक एक जना सदस्य निर्वाचित भएर आउने व्यवस्था रहेको वरिष्ठ उपाध्यक्ष प्रेमलाल सिंह सुवालले बताउनुभयो । प्याब्सन जिल्ला कार्यसमितिको कार्यकाल तीन वर्ष रहने गरेको छ ।

Back to top button