
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदको गतिरोध अन्त्य र एमसीसीलगाायतका विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाउनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज साँझ ४ बजे बैठक बस्ने भएको हो ।
बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरिए पनि एमाले सहभागी नहुने जनाइसकेको छ । एमालेले मान्यता नदिएका दलहरुसहितको बैठकमा सहभागी नहुने एमाले नेताहरुले जनाउनुभएको छ । यसअघि पनि एमालेले सर्वदलीय बैठकमा सहभागी भएको थिएन ।