
काठमाडौं । कलाकार सृजना सुब्बा, श्याम राई, दिनेश गुरुङ, राम गुरुङ, टेकराज लंघालीको अभिनय रहेको फिल्म ‘फुर्वा द नेचर गाइ’ आजबाट सार्वजनिक भएको छ।
वाई के फिल्मसको प्रस्तुतीमा निर्देशक युगल पोमो लिम्बुले निर्देशन गरेको चलचित्रमा कथा पनि निर्देशकको नै रहेको छ। मुलधारको चलचित्र भन्दा अलि फरक हिमाली भेगको जनजीवनलाइ चित्रण गरिएको मौलिक शैलीमा निर्माण गरिएको चलचित्र ‘नेचर गाइ’ लाई प्राकृति सुन्दरताले भरिपुर्ण उत्तरी धादिङको रुबीभ्यालीमा छायांकन गरिएको हो।
यस्तै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलमा समेत प्रदर्शन भएर विभिन्न विधामा अब्बल भएको फिल्ममा दिप्त प्रकाश कश्यपको पटकथा, मिन कुमार बिस्टको पार्स्व संगीत ,जानु काम्बाङ लिम्बुको गीतलेखन रहेको छ।
चलचित्रमा बुद्ध थापाको छायांकन, अनिल कुमार महर्जनको सम्पादन, विक्रम राईको स्वर र संगीत रहेको छ। श्याम इंगनाम, रेजिना सावा र हिम सिंघक निर्माता रहेको चलचित्रमा हेमराज अनछङ्बो र लोकराज आङ्बुहाङ कार्यकारी निर्माता रहनुभएको छ ।