एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो बैठक आज बस्ने भएको छ ।

हिजो कर्णाली प्रदेशका इन्चार्ज यामाल कंडेलको प्रमुख आतिथ्यता रहेको केन्द्रीय सदस्यहरुको बैठकले प्रदेश सम्मेलनलाई ऐतिहासिक बनाउने गरी तयारी गर्ने निर्णय गरेको एमाले नेता गुलावजंग शाहले जानकारी दिनुभयो ।

यस्तै माघ ८ गते आयोजना हुने प्रथम सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि आवश्यक तयारी गर्न छलफल भएको छ,’ उहाँ भन्नुहुन्छ, ‘सम्मेलन प्रतिनिधिमूलक हुने छ ।’

सम्मेलनमा करिब सात सय जना सहभागी हुने उहाँले जानकारी दिनुभयो । त्यसबाहेक अन्य समसामयिक विषयमा आज बस्ने प्रदेश कमिटि बैठकले निर्णय गर्ने उहाँको भनाई छ ।

Back to top button