उधौली, योमरी पर्वको अवसरमा मुख्यमन्त्री राजेन्द्र राई द्वारा शुभकामना ब्यक्त

विराटनगर। आज धानको पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ ।

नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आज योमरी पूर्णिमा पर्व हर्षोल्लासका साथ मनाउँदैछन् । योमरी पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ ।

नेवार समुदायको ठूलो चाडका रूपमा मनाइने यस चाडलाई खाद्य पदार्थको रसिलो चाडको रूपमा पनि लिइन्छ । योमरी नयाँ धानबाट बनेको चामलको पिठो, चाकु र तिलबाट बनाइन्छ । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने प्रचलन छ ।

किराँत समुदायको उधौली पर्व पनि आजै परेको छ । किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भएको मानिन्छ । हिँउदको शुरु भएलगत्तै लेकबाट बस्तुभाउ अनि चराचुरुंगी बेसीतिर बसाइँ सर्ने समय भएको संकेतका रुपमा लिइन्छ ।साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । सरकारले उधौली र योमरी पूर्णिमाको अवसरमा आज पर्व मनाउने समुदायका लागि र काठमाडौंमा सार्वजनिक बिदासमेत दिएको छ ।

यसैगरी प्रदेश १ का मुख्यमन्त्री राजन्द्र राईले उधौलि र यःमरी पुन्हिकाको अवसरमा शुभकामना दिनु भएको छ । मुख्यमन्त्रीको शुभकामनामा भनिएको छ, उधौलि र यःमरी पुन्हिका जस्ता पर्वहरु राष्ट्रिय एकताको माध्म बन्न सकोस, यिप पर्वहरुले सबैमा एकताको भावना विकास गराउन सकोस भन्ने कामना र अपेक्षा सहित संसारभरी फैलिएर रहेका तमाम नेपाली दाजुभाई दिदीवहिनिहरुलाई उधौलि र यःमरी पुन्हिका अबसरमा हार्दीक शुभकामना ब्याप्त गर्दछु ।

Back to top button