
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले नागरिकता नहुनेहरूलाई पनि मतदानमा सहभागी गराउनुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले लाखौँ मधेशी नागरिकको नागरिकता नभएकाले सबैलाई मतदाता प्रक्रियामा सहभागी गराउन माग गर्नुभएको हो ।
‘निर्वाचन प्रक्रियामा भाग लिन पाउनु प्रत्येक नागरिकको नैसर्गिक अधिकार हो । नागरिकता प्रमाणपत्र बनाउनु र नागरिक हुनु दुवै फरक विषय हुन्,’उहाँले भन्नुभएको छ ‘नागरिकता प्रमाणपत्र नभएको अथवा राज्यले दिन नसकेको कारणले मात्र कुनै पनि व्यक्ति गैरनागरिक हुनसक्दैन।’
लाखौं जन्मसिद्ध नागरिकहरूका सन्तानलाई अझैसम्म राज्यले नागरिकता प्रमाणपत्र दिन नसकेको उनको भनाइ छ।