मिस इन्डिया मानसालाई कोरोना संक्रमण

काठमाडौं । ‘मिस इन्डिया २०२०’ मानसा वाराणसी कोरोना संक्रमित हुनुभएको छ । ‘मिस वल्र्ड’ मा सहभागी हुन अमेरिकी राज्य पुएर्तो रिकोमा पुग्नुभएकी मानसाको कोरोना संक्रमण देखिएको हो ।

‘मिस वल्र्ड’ प्रतियोगीतामा उहाँ सहित १७ प्रतियोगीमा कोरोना संक्रमण देखिएको छ । सबैलाई पुएर्तो रिकोमा आइसोलेशनमा राखिएको छ । उहाँ भारतको प्रतिनिधित्व गर्दै ‘मिस वल्र्ड २०२१’ मा सहभागी हुनुभएको थियो ।

प्रतियोगिताका प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोनाभाइरस संक्रमण देखिएपछि आयोजकले फाइनल स्पर्धा स्थगित गरेको थियो । कोरोनाको स्थितिमा सुधार भए ९० दिनभित्र फेरि प्रतियोगिता सम्पन्न गर्ने आयोजकले जनाएको छ ।

Back to top button