प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक सुरु भएको हो ।

प्रधानमन्त्री देउवाले संसदमा देखिएको अवरोध हटाउने र अमेरिकी परियोजना एमसिसीबारे छलफल गर्नका लागि प्र सर्वदलीय बैठक बोलाउनु भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरिरहेको छ।

गठबन्धनमा सामेल ५ दलले एमालेलाई पनि समेटेर राष्ट्रिय सहमतिको साथ एमसिसीलाई अगाडि बढाउनका लागि बैठक बोलाइएको बुझिएके छ ।

बैठकमा देउवासहित, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, जनमोर्चा नेपालका महासचिव, लोसपा अध्यक्ष महन्थ ठाकुरलगायत नेताहरुको सहभागीता रहेको छ ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने बहिष्कार गरेको छ। सर्वदलीय बैठकअघि पाँच दलीय सत्ता गठबन्धनको बैठक बसेको थियो।

Back to top button