इटहरीमा हात हातमा कलम टोल टोलमा नेकपा एस ‘अभियान’संचालन

इटहरी । नेकपा एकीकृत समाजवादीले इटहरी उपमहानगरपालिका क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालनमा ल्याइएको छ ।

नेकपा एस इटहरीका इन्चार्ज केवल फुयाँलका अनुसार आधारभूत वर्गमा कम्युनिस्ट पार्टीको सङ्गठन निमार्णसगै इटहरी उपमहानगर क्षेत्रमा हात हातमा कलम टोल टोलमा नेकपा एसको अभियान सञ्चालनमा ल्याइएको हो ।

फुयाँलका अनुसार इटहरीमा पार्टीको चुनाव चिन्ह सबै जनतासम्म फुर्‍य।उन हात हातमा कलम टोल टोलमा नेकपा एस अभियान सञ्चालन गरिएपछि दैनिक सयको सख याँमा टोल बस्तीका स्थानीयहरू पार्टीमा समावेश भई सङ्गठित हुन थालेका छन्।

इटहरी क्षेत्रमा विद्यार्थी, युवा, महिला, मजदुर, खेलाडी, किसान, बुद्धिजीवी, व्यापारी, दलित, मधेसी, मुस्लिम लगायत सबै वर्गको प्रतिनिधित्व हुने गरी सङ्गठन निमार्ण अभियान सञ्चालनमा ल्याएपछि नेकपा समा आबद्ध हुनेको सख याँ बढै गएको नेकपा एस इटहरीका अध्यक्ष गणेश बुढाथोकीले बताउनु भयो । यसै गरी इटहरी उपमहानगर १४ नं वडामा सुघनी चौधरीको अध्यक्षतामा कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा रुपा मेहता, शीतल पासवान सचिव सञ्जय पासवान, उपसचिव सन्तोषी पासवान र सावित्री दाहाल आर्थिक विभाग प्रमुख लक्ष्मी नेवार चयन हुनु भएको छ ।

यसै गरी कमिटीको सदस्यहरूमा ज्योति चौधरी, बविता पासवान, माया तामाङ, जिरीमाया तामाङ, राजु पासवान, रेखा पासवान, देवकुमारी चौधरी, राधादेवी पासवान, अजय पासवान, चरणवत्ती चौधरी, चन्द्रकला पासवान, कन्की चौधरी र सक्कल पासवान रहनु भएको छ ।

Back to top button