बैकहरूले ब्याजदरमा पुन विचार नगरे आन्दोलन गर्ने उद्योगीको चेतावनी

विराटनगर । नेपाल उद्योग परिसंघ प्रदेश १ ले बैकहरूको मनपरी ब्याज लिने गरेकाले उद्योगीहरू मारमा परेको बताएको छ ।

  परिसंघले बैकको ब्याजदरमा पुन विचार नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै अत्यधिक र असामान्य तरीका बाट ब्याजदर वृद्धि गरेको आरोप लगाएको छ । अत्यन्तै गैर जिम्मेवारी तरीका बाट बैकहरूले निक्षेप ब्याजदर वृद्धि गरेको उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताउनु भयो । उहाँले बैकहरूको ज्यादतीको विषयमा आन्दोलन गर्ने समेत चेतावनी दिनु भएको छ । उद्योगी ब्याबसायिलाई कार्वाहि गर्ने सरकारले बैकहरूका विषयमा भने मौन देखिएको आरोप समेत उहाँले लगाउनु भएको छ ।

पत्रकार सम्मेलनमा उद्योगी पवन सारडाले बैकहरूको कारण वस्तु आयातमा समस्या भइरहेको बताउनु भयो । २० करोडको एलसी खोल्न कागजात पेस गरेपछि ५ करोड रुपैयाँ पहिले नै जम्मा गर्नुपर्ने सर्तले समेत व्यापारमा असर परेको उहाँको भनाइरहेको छ ।

वैदेशिक व्यापार पैठारीको लागि लामो समयसम्म बैकहरूले एसी खोल्न आनाकानी गरे कच्चा अभावमा उद्योगहरू स्वतः बन्द हुने चरणमा पुग्ने अर्का उद्योगी महेश जाजुको दाबी छ ।

Back to top button