कांग्रेस खुला केन्द्रीय सदस्य १६ नयाँ अनुहार,१९ जना भने पुरानै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्यमा १६ नयाँ अनुहार आएका छन् । खुलातर्फको ३५ जना केन्द्रीय सदस्यमध्ये १६ जना केन्द्रीय समितिमा पुगेका हुन्।

कांग्रेसमा खुला केन्द्रीय सदस्यको संख्या ३५ जना निर्वाचित हुने विधानमा उल्लेख छ। ३५ जनाका लागि ९९ जना चुनावी प्रतिस्पर्धामा थिए। नयाँ अनुहारमा नेविसंघ, तरुण दलका अध्यक्षसहित पत्रकारसमेत छन्।

यी हुन् १६ नयाँ अनुहार

१. उदयशमशेर राणा
२. रामहरी खतिवडा
३. जितजंग बस्नेत
४. नैनसिंह महर
५. कुन्दनराज काफ्ले
६. गुरु बराल
७. सञ्जयकुमार गौतम
८. डा.गोविन्दराज पोखरेल
९. राजीव ढुंगाना
१०. दिनेश कोइराला
११. मदनबहादुर अमात्य
१२० अजयबाबु शिवाकोटी
१३. उमेशजंग रायामाझी
१४० गणेश लामा
१५. कृष्णकिशोर घिमिरे
१६. मोहन आचार्य

Back to top button