मन्त्री कार्की कांग्रेस केन्दीय सदस्यमा पराजित

विराटनगर । प्रदेश१ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की कांग्रेसको केन्द्रीय सदस्यमा पराजित हुनुभएको छ । कांग्रेस केन्द्रीय सदस्य खुल्लामा ३५ जना छान्न भएको निर्वाचनमा मन्त्री कार्की ३७ औं स्थानको मत प्राप्त गर्नुभएको हो ।

शेखर कोइराला समूहबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उहाँले १६४४ मत पाएर ३७ औं स्थानमा हडकिनु भयो । उहाँ ६४ मतले पराजित हुनुभयो । उहाँ यसअघि प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत हुनुहुन थियो ।

Back to top button