
काठमाडौं । नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ।
आज दिउँसो करिव साढे ३ बजे कम्प्लेसको जीम सेन्टरबाट आगलागी भएको महानगरीय प्रहरी वृत्त, नयाँ बानेश्वरका प्रहरी नायव उपरीक्षक मीमबहादुर लामाले बताउनुभयो ।
यस्तै आगलागीको कारण नखुलेको र आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल आइसकेको उहाँले जानकारी दिनुभयो ।