चुरीफुरीको अष्ट्रेलिया राइट्स बिक्री

काठमाडौं । पुस ९ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘चुरीफुरी’को अष्ट्रेलिया राइट्स बिक्री भएको छ। निर्माण टोलीका अनुसार बेलेक ब्रोस इन्टर्टेन्टमेन्टले फिल्मको अष्ट्रेलिया राइट्स किनेको हो।

यस्तै, अस्ट्रेलिया बिक्रीसँगै फिल्मको प्रदर्शन अष्ट्रेलिया, अमेरिका र कतार फिक्स भएको निर्माण टोलीले जनाएको छ। रवीन्द्र झा, सुवोध गौतम, राजिवजङ्ग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्य लगायतको अभिनय छ।

दीपक शर्माको संगीत, भीमफेदी ग्रुपको कोरियोग्राफी, राहुल राईको छायाङ्कन रहेको फिल्ममा नवीन निरौलाको सम्पादन छ। विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी सह–निर्माता रहेको फिल्मको निर्माता ऋषिराज आचार्य र रीना ढकाल (भण्डारी) हुन्। फिल्मको लेखन तथा निर्देशक ऋषिराज आचार्यले गर्नुभएको हो ।

Back to top button