शेयर बजार झन्डै १८ अङ्कले घट्यो

काठमाडौं । पछिल्लो समय लगातार घटिरहेको शेयर बजार ओलारो लाग्ने क्रम आज पनि रोकिएन। आज पनि सेयर बजार दोहोरो अङ्कले ओरालो लागेको छ।

नेप्से परिसूचक आज १७ दशमलव ९३ अङ्कले घटेर दुई हजार तीन सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ। आज उत्पादन र माइक्रोफाइनान्स बाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ।

यस्तै बीमा, जलविद्युत् र विकास बैंक समूहको शेयर उच्च अङ्कले घटेको छ। आज ५४ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ४६ करोड ४६ लाख रुपैयाँमा कारोबार भएको छ।

सबैभन्दा धेरै गोर्खाज फाइनान्सको १९ करोड २७ लाख रुपैयाँको शेयर किनबेच भयो। आज माउन्टेन इनर्जी नेपालको शेयर ६ प्रतिशतले र नारायणी विकास बैंक, मैलुङ खोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, समृद्धि फाइनान्स, लिवर्टी इनर्जी र छ्याङ्दी हाइड्रोको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ। गोर्खाज फाइनान्स र हिमालयन डिष्टिलरीको शेयर १० प्रतिशतले बढेको छ।

Back to top button