नोबेलले अतिरिक्त शुल्क लिएको भन्दै विद्यार्थी अभिभावक आन्दोलित

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क बुझाए मात्रै पढाई सुरु गर्ने बताएपछि बिद्यार्थी र अविभावक आद्योलित बनेका छन् ।

चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७/२०७८ का लागि निर्धारण गरेको शुल्क भन्दा झन्डै पाँच लाख मागेपछि अभिभावक समेत आन्दोलित बनेका हुन । कलेजले आयोगले तोकेको भन्दा ४ लाख ८२ हजार बुझाउन दवाव दिएपछि अभिभावक तथा बिद्यार्थीले प्रदेशका मन्त्री देखी प्रशासनको साथ खाजेका छन् ।

भर्ना शुल्क वापतको रकम बुझाइसकेपछि अतिरिक्त शुल्क बझाउन दबाब दिएको अविभावकहरु बताउछन । नोबेल मेडिकल कलेजबाट पीडित बनेका अभिभावक र विद्यार्थीले मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई आज ज्ञापनपत्र बुझाउँदै अतिरिक्त शुल्कको विषयमा छानविन गरिदिन माग गरेका छन् ।

कलेजले स्नातक तह (एमबीबीएस) मा भर्ना हुने विद्यार्थीबाट इन्ट्रनसीप वापत २ लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्क वापत ९८ हजार, होस्टल शुल्क १ लाख ४४ हजार बुझाउन दवाव दिएको कलेका एक बिद्यार्थीले आफनो नाम नभन्ने सर्तमा बताए ।

यो शुल्क चिकित्सा शिक्षा आयोगले तोके भन्दा बाहेक हो ति बिद्यार्थीले भने अनिवार्य होस्टलवमा बस्नु पर्ने, होस्टलको एकमुष्ट रकम बुझाउनु पर्ने जस्ता सर्त राखेर एडमिसन गर्ने गरीन्छ । ति बिद्यार्थीका अनुसार कलेजले अतिरिक्त शुल्क लिएको कागज भने बिद्यार्थीलाई दिदैन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि जम्मा कूल रकम ४४ लाख ३६ हजार २५ रुपैँया निर्धारण गरेको थियो ।

त्यसमध्ये प्रथमवर्ष १४ हजार ७८ हजार ६७५ रुपैँया अभिभावकले बुझाएका छन् । भर्ना वापतको शुल्क बुझाएपछि अतिरिक्त शुल्क जम्मा गर्नुपर्ने दवाव दिएको अभिभावक प्रकाश शर्माले बताउनुभयो । अतिरिक्त शुल्क नबुझाए पठन पाठन नगर्ने भन्दै कलेज धम्काउने गरेको उहाँले बताउनुभयो ।

चिकित्सा शिक्षा आयोगले निर्धारण गरे बमोजिम काठमाडैं विश्वविद्यालयको नाममा नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको नोबेल मेडिकल कलेजको खातामा रकम जम्मा गरिसकेपछि कलेजले विभिन्न बहानामा पैशा असुल्न खोजको आरोप लगाएका छन् । नोबेलले अतिरिक्त शुल्क वापतको रकम कलेजकै नाममा रहेको बैंक खातामा जम्मा गर्न भन्दै आएको छ ।

काठमाडौं विश्वविद्यालयको सम्बन्धन रहेको नोबेल मेडिकल कलेजले विद्यार्थी र अभिभावकसँग छुट्टै रकम माग गरेको हो । प्रवेश परीक्षामा उत्तिर्ण भएका विद्यार्थीले चिकित्सा शिक्षा आयोगले तोकेबमोजिमको रकम जम्मा गरिसकेका छन् । पीडित भएका विद्यार्थी र अभिभावकले स्थानीय प्रशासनसँग सहयोग खोजेका छन् ।

यता मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले तत्काल कलेज प्रशासनलाई पत्र पठाएको बताउनुभएको छ । अभिभावक र बिद्यार्थीलाई राखेर छलफल गरेर टुगाउने समेत उहाँले बताउनुभयो । तोकिएको भन्दा बेशि लिएको भए तत्काल कार्वाहि गर्ने समेत उहाँले चेतावनि निुभएको छ ।

केहि दिन अघि उनिहरुले प्रदेश १ को सामाजिक विकास मन्त्रालय तथा आनतरीक्षक मामिला तथा कानुन मन्त्रालयमा समेत ज्ञापन पत्र बुझाएका थिए । तर ति मन्त्रालयहरुले कुनै चासो नदेखाएपछि उनिहरुले प्रशासनलाई हार गुहा गरका हुन । यता मेडिकल कलेले भने यस बिषयमा कुनै जवाफ दिन चाहेन ।

नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मा सँग सम्पर्क हुन सकेन भने प्रिनसिपल डा .रामहरी घिमिरेले बोलन चोहनुभएन । संचालक शर्मा भने कांग्रेसका नेता समेत हुनुहुन्छ । उहाँ ततकालिन स्वास्थय मन्त्री भानुभत्त ढकाल सँग गत चुनावमा पराजय हुनुभएको थियो ।

Back to top button