जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख भट्टको निधन

डडेल्धुरा । जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गणेशराज भट्टको निधन भएको छ।

काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार गराइरहेका भट्टको आज निधन भएको हो।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी हुन डडेल्धुराबाट काठमाडौं पुगेका प्रमुख भट्ट मंसिर २८ गते एक्कासी बेहोस हुनुभएको थियो ।

त्यसपछि उहाँलाई सुमेरु अस्पतालमा भर्ना गरियो। त्यहाँ ठीक नभएपछि थप उपचारका लागि उनलाई अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो।

सुगर लेभल र ब्लड प्रेसर बढेपछि चिकित्सकले उहाँलाई ‘ब्रेन ह्यामरेज’ भएको बताएका थिए।

२०४६ सालमा पाटन क्याम्पसमा अध्ययन गर्दा नेपाल विद्यार्थी संघमा आबद्ध हुनुभएका भट्टको कांग्रेस राजनीतिमा सक्रिय हुनुहुन्थयो ।

नेपाल तरुण दलका पूर्वकेन्द्रीय सचिवसमेत हुनुभएका भट्ट सातौं जिल्ला अधिवेशनबाट यसपटक कांग्रेस डडेल्धुरा प्रदेश(ख) का क्षेत्रीय सभापति बन्नु भएको थियो ।
५० वर्षीय भट्ट डडेल्धुरा जिल्ला अदालत बार एकाइका पूर्वअध्यक्षसमेत हुनुहुनछ ।

भट्टका २ छोरी र १ छोरा छन्।

Back to top button