एम्स कलेजको ‘ट्यालेन्ट सो’ सम्पन्न

विराटनगर । विराटनगर–९ मा रहेको एम्स कलेजमा प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू माझ ‘ट्यालेन्ट सो’ कार्यक्रम सञ्चालन भएको छ । बि.बि.एस. तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूको व्यवस्थापनमा आयोजित उक्त कार्यक्रम कलेजले विद्यार्थीहरूलाई प्रदान गरेको ‘इभेन्ट मेनेजमेण्ट’ परियोजना अन्तर्गतको एक कार्यक्रम रहेको एम्स कलेजले जनाएको छ ।
एम्स कलेजले विद्यार्थीहरूलाई राम्रो संस्कार र गरिखाने शिक्षा प्रदान गर्ने अभिप्रायले विभिन्न अवसर पारेर विद्यार्थीहरूलाई केही न केही सिप विकास हुने कार्य गराउँदै आएको छ । बि.बि.एस अध्ययन गर्ने विद्यार्थीलाई व्यवस्थापकीय क्षमता बढाउने र नैतिकवान् नागरिक बनाउने उद्देश्यले ‘ट्यालेन्ट सो’ कार्यक्रम गरिएको क्याम्पस प्रमुख सी.एम.बस्नेतले बताउनुभयो । उहाँले एम्समा अध्ययन गर्ने विद्यार्थीहरू विश्व बजारका लागी दक्ष जनशक्ति हुन समेत विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले आफमा भएको अन्तर निहित क्षमता आफूभन्दा सिनियर विद्यार्थी माझ प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले नृत्य, गायन, नाटक, कविता वाचन, वक्तृत्व कला, वाद्य वादन लगायतका अतिरिक्त कार्यक्रम गरेका थिए  । कार्यक्रमको निर्णय, कलाकार राम सङ्गम राउत, सुशील घिमिरे र कलेजकी एडमनि अफिसर अंकु घिमिरेले गर्नुभएको थियो । कार्यक्रममा बि.बि.एस., बि.एच.एम र बि.एसी. सी.एस.आई.टी का प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरू थिए ।

Back to top button