कांग्रेस महाधिवेशन : डिला संग्रौलालाई सर्वाधिक मत देउवा पत्नी आरजु तेस्रो स्थानमा

काठमाडौं । नेपाली काँग्रेसको महिला खुलातर्फको केन्द्रीय सदस्यमा ९ जना विजयी हुनु भएको छ । पार्टीको १४ औं महाधिवेशन अन्तर्गत एक साताअघि भएको निर्वाचनको महिला खुलातर्फको मतगणनामा ९ जनाले चुनाव जित्नु भएको हो ।

निर्वाचन समितिका अनुसार डा. डिला संग्रौलाले सर्वाधिक २८८५ मत पाँउनु भएको छ भने भने पुष्पा भुसालले २७१८ मत प्राप्त गर्नु भएको छ । यस्तै तेस्रो स्थानमा प्रधानमनत्री समेत रहनुभएका सभापति शेरबहादुर देवा पत्नी आरजु देउवा राणाले २५३६ मत प्राप्त गर्नु भएको छ ।

यस्तै अम्बिका बस्नेतले २३३९, ईश्वरी न्यौपानेले २२५९, सरिता प्रसाईंले २०९६, रमा कोइराला पौडेलले १८५८, सुशीला ढकाल आचार्यले १८०४ र रंगमती शाहीले १७८९ मत पाएर विजयी हुनु भयो ।

अन्य उम्मेदवारहरू अनिता देवकोटा, जानुका ढकाल, उमा दाहाल, किरण कोइराला, रुक्मिणि देवी कोइराला, बिजुला शर्मा राणा, कल्पना अधिकारी, बासना थापा नम्रता बराल, सावित्री बोगटी, अकला गुरुङ, धन खतिवडा, अम्बिका सुवेदी, तुलसा पन्त, सीतादेवी देवकोटा, रीता दवाडी, उषाकुमारी राउत, शान्ति कार्की, गौरी कुमारी श्रेष्ठ, मोदती केसी र अम्बिका केसी लामिछाने भने पराजित बन्नु भएको छ ।

Back to top button