नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सहयात्री निर्वाचित

काठमाडौं । नेकपा माओवादी केन्द्र बागमती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री निर्वाचित हुनु भएको छ । अर्का प्रत्यासी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री अध्यक्षमा विजयी हुनुभएको हो ।

१६२ मत ल्याउदै सहयात्री बिजयी बन्नु भएको हो । उहाँका प्रत्यासि गौतमले भने ८६ मत मात्रै प्राप्त गर्नु भएको थियो ।२ सय ६१ भोट खसेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश समिति सदस्यले पदाधिकारी चुन्न मतदान गरेका थिए। त्यस्तै सचिवमा काभ्रेका इन्द्रबहादुर थिङले १४९ मत ल्याएर बिजयी बन्नु भएको छ भने उपाध्यक्षमा रुपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित हुनु भएको छ ।

सहसचिवमा भने दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनु भएको छ । छिन्।

Back to top button