पछिल्लो २४ घण्टामा थप २९० जना कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१७ हजार ८९ जनामा नमुना परीक्षण हुँदा त्यो संख्यामा संक्रमण पुष्टि भएको हो । २३२ जना संक्रमण मुक्त भएका छन् ।

यस्तै, बितेको २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । हाल देशभर ५ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् ।

Back to top button