कांग्रेस केन्द्रीय सदस्यमा राष्ट्रपति भण्डारीकी सम्धिनी किरण पराजित

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्यमा वर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित हुनुभएको छ । १४ औं महाधिवेशनमा मधेसी महिलातर्फ केन्द्रीय सदस्यको उम्मेदवार बन्नुभएकी किरण पराजित हुनुभएको हो ।

पूर्वराष्ट्रपति तथा कांग्रेसका पूर्वमहामन्त्री रामवरण यादवकी भतिजी समेत रहेकी किरण ४ जना मधेसी तर्फको महिला केन्द्रीय सदस्यमा अटाउन सफल हुनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी सम्धिनी समेत रहनुभएकी उहाँ आगामी ४ वर्ष कांग्रेस केन्द्रीय समिति बाहिर रहने हुनुभएको छ । यस्तै, चार जना महिलामा शेखर कोइराला प्यानलबाट उहाँको मात्र उम्मेदवारी परेपनि किरण पराजित हुनुभएको हो ।

शेरबहादुर देउवा समूहकी मुक्ताकुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित हुनुभएको छ । त्यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी हुनुभएको छ ।

Back to top button