
विराटनगर । नेकपा मओवादी केन्द्र प्रदेश १ले झन्डै दुई हप्ता बित्दा पनि पदाधिकारी टुङगो लगाउन सकेको छैन । नौ पदाधिकारीका लागि ४० जना भन्दा बढि आकाक्षि देखीएपछि माओवादीमा नेतृत्व टुङगाउन सकस परेको हो ।
पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षको लागि दर्जनबढी दाबी रहेको छ । यस्तै १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।
प्रदेश समितिको दोस्रो बैठक आज बस्दै छ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरु सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी रहनुभएको छ ।
कार्यदलले सहमतिमै नेतृत्व छान्नका लागि सहमतिको अन्तीम प्रयास थालिएको कार्यदलका सदस्य हेमराज भण्डारीले बताउनुभयो । कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश १ मा कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरुको बैठक हिजा विराटनगरमा बसेको थियो । केन्द्रिय सदस्यहरुको बैठकले पनि नेतृत्व छान्न भने सकेन ।
अध्यक्षमा दाबी गर्नेमा झापाका मणिकुमार साम्पाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, पाँचथरका हर्कबहादुर नेम्वाङ र उदयपुरका मोहनकुमार खत्रीलगायतका नेताहरुको दावि रहेको छ । महिला उपाध्यक्षमा संखुवासभाकी इन्दीरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि.क.लगायतले दाबी गर्नुभएको छ ।
यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गर्नुभएको छ । खुल्ला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गर्नुभएको छ । सचिवमा भने मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गर्नुभएको छ ।
सहमति नभए दिउसो २ बजेपछि मतदान प्रकृर्याबाट नेतृत्व छान्ने निर्वाचन समितिका संयोजक राजन किरातीले बताउनुभयो । सहमति नभए आजै चुनाव गरेर आजै मतपरिणाम निकाल्ने गरी काम भइहरको उहाँको भनाई छ ।
माओवादी प्रदेश १ को पहिलो अधिवेशन गत मंङसिर २५ गते देखी सुरु भएको अधिबेशन निति केन्द्रित नभई नेता केन्द्रित भएकाले पदाधकारी टुगाउन नसकेको मओवादीकै एक नेताको आरोप रहेको छ ।
महाधिबेशनको तयारीका लागि केन्द्रका नेताहरु काठमाडौंमा जान हतार गर्नु भएकाले चुनाव बाट भएपनि पदाधिकारी टुगाउने तयारी रहेको निर्वाचन समितिका एक सदस्यले बताउनुभयो । ति सदस्यका अनुसार केहि नेताले भने महाधिबेशन पछि मात्रै नेतृत्व टुगाउनु पर्नेमा समेत जोड दिइरहेका छन् ।