बागमती प्रदेशसभा बैठक निर्धारित समयपनि सुरुहुन सकेन

काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको बागमती प्रदेशसभा बैठक २ बजेर १५ मिनेट बित्दासम्म पनि सुरुहुन सकेको छैन। प्रतिपक्ष दलहरूको बैठकका कारण प्रदेशसभा बैठक निर्धारित समयमा सुरु हुन नसकेको हो।

सरकारको काम र संसदमा प्रतिपक्षी दलको भूमिका लगायतको विषयमा प्रदेशसभाको प्रतिपक्षी दलको बैठक भर्खर सुरु भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी एमाले, विवेकशील, राप्रपा र नेमकिपाका प्रदेशसभा सदस्‍यहरू छन्।

गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशनको बैठक करिब डेढ महिनापछि आज  बस्न लागेको हो।

यस्तै,आजको प्रदेशसभा बैठकमा विषयगत समितिहरुमा रहेको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिहरुले बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ।

Back to top button