मुख्यमन्त्रीको आर्थिक सल्लाहकारमा राजेन्द्र राउत नियुक्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको आर्थिक सल्लाहकारमा उद्योगी राजेन्द्र राउत नियुक्त हुनुभएको छ ।

विराटनगर निवासी उद्योगी राउत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य एवम् प्रदेश १ का उपाध्यक्ष हुनुहुन्छ । उद्योगी राउत कुनै पनि राजनीतिक दलमा आवद्ध नभएका व्यक्ति हुनुहुन्छ ।

उहाँले मुख्यमन्त्रीले दिएको जिम्मेवारी स्वतन्त्रतापूर्वक निर्वाह गर्ने प्रतिक्रिया दिनुभएको छ । ‘म अहिलेसम्म कुनै पनि राजनीतिक दलको सदस्य छैन,’ राउतले भन्नुभयो, ‘प्रदेशको आर्थिक विकासका लागि सकेको योगदान गर्न यो जिम्मेवारी स्वीकार गरेको हुँ ।’

राउत लामो समयदेखि उद्योगी व्यवसायीहरुको संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।

Back to top button