माओवादी केन्द्र प्रदेश १ अधिवेशन सम्पन्न भएको १० दिनपछि आज पदाधिकारी छनौटका लागि निर्वाचन प्रक्रिया सुरु

विराटनगर । माओवादी केन्द्र प्रदेश १ कार्य समितिको बुधबार बसेको बैठकले पदाधिकारी छनौटका लागि निर्वाचनमा जाने निर्णय गरेपछि निर्वाचन प्रक्रिया सुरु गरिएको छ । निर्वाचन समितिले अहिले साँझ ४ बजे मतदाता नावली प्रकाशनदेखि राती ११ः३० बजे सपथ ग्रहणसम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

अध्यक्ष, उपाध्यक्ष ३, सचिव, सहसचिव ३ र कोषाध्यक्षसहित ९ सदस्यीय पदाधिकारी छनौटका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो । निर्वाचन अधिकृत राजन किरा“तीले आजै मतदान प्रक्रिया पूरा गरेर पदाधिकारीलाई सपथ ग्रहण गराउने बताउनुभयो ।

माओवादी केन्द्रको मंसिर २६ गतेसम्पन्न प्रथम प्रदेश अधिवेशनले २७४ सदस्यीय कार्य समिति चयन गरे पनि हालसम्म पदाधिकारी छनौट गर्न नसकेपछि निर्वाचनमा गएको छ ।

सुरुमा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो, केन्द्रीय सदस्य तथा निवर्तमान प्रदेश १ अध्यक्ष सुरेशकुमार राई र अर्का केन्द्रीय सदस्य हेमराज भण्डारीले प्रदेश अध्यक्ष बन्ने रणनीति बनाएका थिए । तर पार्टीले प्रदेश कार्य समितिमा बस्नेलाई केन्द्रमा आउन नपाउने निर्देशन जारी गरेपछि उनीहरु अध्यक्षको दौडबाट पछि हटेका थिए । उनीहरु प्रदेश कार्य समितिबाट हटेपछि २७१ सदस्यीय कार्य समिति कायम भएको हो ।

उनीहरु अध्यक्षको दौडबाट पछि हटेपनि प्रदेश कार्य समिति शक्तिशाली भएकाले आ–आफ्ना निकटका नेतालाई पदाधिकारीमा छनौट गराउन शक्ति संघर्षमा लागेकाले सर्वसम्मत पदाधिकारी चयन हुन नसकेको माओवादी केन्द्रका नेताहरुले बताउनुभयो ।

माओवादी केन्द्र प्रदेशको नेतृत्वका लागि अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिव पा“चथरका हर्कबहादुर नेम्वाङ्, र धरानका मुक्साहाङ मेन्याङ्बोबीच प्रतिस्पद्र्धा हुने देखिएको छ । पदाधिकारी निर्वाचित गराउन विधान विपरित चयन भएको २७१ सदस्यीय कार्य समितिले मतदान गर्नेछन् । माओवादी केन्द्रको विधानमा प्रदेशमा २५९ सदस्यीय कार्य समिति रहने व्यवस्था गरेको छ ।

Back to top button