नेकपा एमाले सुनसरीको जिल्ला अधिवेशन पौष २३ गते गरिने, बनाइयो ८ उपसमिति

इनरुवा । नेकपा (एमाले) जिल्ला कमिटी सुनसरीको जिल्ला अधिवेशन  पौष २३ गते गरिने भएको छ । आज बसेको जिल्ला कमिटीको बैठकले २३ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकले ८ उपसमिति बनाएको छ ।  साङ्गठनिक प्रतिवेदन तयारी,प्रतिनिधि व्यवस्थापन, आर्थिक व्यवस्थापन, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन तथा व्यवस्थापन, खाद्य व्यवस्थापन, अतिथि सत्कार, प्रचारप्रसार लगायत उपसमिति निर्माण गरिएको जिल्ला कमिटी सुनसरीका प्रचार विभाग प्रमुख रवि खनालले बताउनु भयो ।  धरान उपमहानगर कमिटी र इनरुवा नगर कमिटीको समस्या समाधान गर्न जिल्ला कमिटी अध्यक्ष खेमराज पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत गठन गरिएको छ। जिल्ला अधिवेशनमा प्रतिनिधि सङ्ख्या र प्रतिनिधिको अनुपात निर्धारण जिल्ला पदाधिकारी बैठक बाट गरिने खनालले बताउनु भयो ।
बैठक केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इन्चार्ज जगदीश प्रसाद कुसियतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो
बैठक लाई पार्टी प्रदेश कमिटी सदस्य एव संविधान सभा सदस्य रेवती रमण भण्डारी र प्रदेश सदस्य रमेश बस्नेतले सम्बोधन गर्नु भएको थियो भने बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला सह– इन्चार्ज एव धरान उपमहानगर पालिका कि उपप्रमुख मञ्जु भण्डारी सुवेदी, केन्द्रीय सदस्य तथा जिल्ला  सह–इन्चार्ज तै यव हुसेन, केन्द्रीय लेखा आयोग सदस्य डी बि शाह शंकरको  उपस्थिति रहेको थियो ।
केन्द्रीय कमिटीले जिल्ला अधिवेशन गर्न परिपत्र गरेपछि एमाले सुनसरी जिल्ला अधिवेशनको तयारीमा जुटेको हो ।

Back to top button