माओवादी केन्द्र प्रदेश १को पदाधिकारीमा २९ को उम्मेदवारी ,मतदान सुरु

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परको छ ।  उद्घाटन भएको १२ दिनमा हुन गइरहेको चुनावमा केन्द्रका दुई नेता निकटका प्रदेशका नेता बिच प्रतिस्पर्धामा हुनुहुन्छ ।  अर्थमन्त्री जनार्दन शर्मा र नेता वर्षमान पुन निकटका नेताहरू चुनावी  मैदानमा हुनुहुन्छ ।  शर्माका प्रमुख स्वकीय सचिव हर्क बहादुर नेम्बाङ र पुन निकटका मुक्साहाङ मेनाङवोले चुनावी दौडानमा रहनु भएको छ ।
तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्री हुनुहुन्छ । सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया चुनावी भिडन्तमा हुनुहुन्छ  ।
३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुङ्गाना (कुसुम), राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली (ध्रुव), कृष्ण जिमी (भरत), दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराँती रहनु भएको छ ।
१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी (गगन) र वन्दना झाँगड (अनिशा) मैदानमा कम्मर कसेर लाग्नु भएको छ ।
माओवादी प्रदेश अधिवेशन गत मङ्सिर २५ गते मोरङको विराट चोकमा उद्घाटन गरिएको थियो । प्रदेश कमिटी सदस्य भने यसअघिनै टुङ्ग्याई सकिएको छ । निर्वाचनको मत परिणाम पनि आजै रातीसम्ममा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।
मतदान समेत सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

Back to top button