प्याब्सन मोरङको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको शपथ ग्रहण तथा पदस्थापन सम्पन्न भएको छ ।

प्रमुख निर्वाचन अधिकृत बालकृष्ण आचार्यले नव निर्वाचित अध्यक्ष शीतला सुब्बासहितका पदाधिकारी र कार्यसमिति सदस्यहरूलाई पदस्थापन तथा शपथ ग्रहण गराउनु भएको छ । नवनिर्वाचित कार्यसमिति सदस्यहरूलाई निर्वाचित भएको प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले वितरण गर्नु भएको थियो ।

शपथ ग्रहणपछि कार्यक्रममा नवनिर्वाचित अध्यक्ष शीतला सुब्बाले विद्यालयहरूको संस्थागत विकास र हकहितमा सधैँ क्रियाशील भएर लाग्ने बताउनु भएको छ । शनिवार सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल, उपाध्यक्षमा भक्तराज सुब्बा, सुरेन्द्र सुवेदी, सचिवमा जगत् बहादुर बस्नेत, कोषाध्यक्षमा विष्णु डङ्गोल, सह–सचिवमा मनोज रेग्मी, विकर्ण कार्की, र सह–कोषाध्यक्षमा भूपाल बस्नेत निर्वाचित हुनु भएको थियो । सदस्यहरूमा रुद्र थापा, दीपक प्रसाद घिमिरे, कमल प्रसाद तिम्सिना, भोलानाथ पाण्डे, कसराज राजवंशी, रियन्द्र बहादुर थापा, अमित खड्का, राजु तिम्सिना, छविलाल बास्कोटा, जीवन खनाल, सिएम श्रेष्ठ, सिताराम विक, तेज बहादुर खत्री, अर्जुन ढकाल निर्वाचित हुनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि पुरीले सिप प्रविधि तथा नैतिक शिक्षामा निजी विद्यालयले जोड दिनु पर्ने बताउनु भएको छ । उहाँले प्राविधिक शिक्षाका लागि निजी विद्यालयलाई पनि सरकारले समेट्नु पर्ने बताउनु भएको छ । प्राविधिक शिक्षाको विषयमा चाडै निष्कर्षमा पुगिने समेत उहाँको भनाइ रहेको छ ।

कार्यक्रम प्याब्सन मोरङका निवर्तमान अध्यक्ष अर्जुन बस्नेतको अध्यक्षतामा  सम्पन्न भएको हो ।

Back to top button