माओवादी प्रदेश १ पदाधिकारी चयनका लागि मतदान जारी,आजै मतगणना गरीने

विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा मतदान जारी छ । ९ पदाधिकारीका लागि २९ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि हर्कबहादुर नेम्वाङ्ग  र मुक्साहाङ मेयाङ्बो चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । । तीन उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी कायम भएको छ । जसमा शिवकुमार डाँगी, भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, मणिकुमार साम्पाङ, उर्मिला तामाङ, देवान चाम्लिङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्री मैदानमा हुनुहुन्छ
सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । जसमा गणेश उप्रेती सुशील र सिपी कडरिया रहेका छन् । ३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको छ । जसमा ऋषिराम ढुङ्गाना , राजु आचार्य, सन्तोष थारु, हर्क लावती, कुमारी राई, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी, दिलकुमार राई, तेजमान कन्दङ्वा र सागर किराँती चुनावी मैदानमा हुनहुन्छ ।
१ जना कोषाध्यक्षका लागि ४ जनाको उम्मेदवारी परेको छ । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की, रेवतराज पुरी ,र वन्दना झाँगड चुनावी मैदानमा रहेको निर्वाचन समितिले जनाएको छ।
 निर्वाचनको मत परिणाम पनि आजै रातीसम्ममा आइसक्ने निर्वाचन समितिले जनाएको छ ।

Back to top button