नेकपा माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा जनार्दन शर्माको प्रमुख स्वकीय सचिव नेम्वाङ विजयी

विराटनगर ।नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीको अध्यक्षमा जनार्दन शर्माको प्रमुख स्वकीय सचिव हर्कबहादुर नेम्वाङ विजयी हुनु भएको छ ।
अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रत्यासी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याउनु भएको थियो

मुक्साहाङ भने नेता वर्षमान पुन निकटका हुनुहुन्छ । अध्यक्षमा ७ मत बदर भएको थियो ।

तीनजना उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ १२० र शिवकुमार डाँगी ११३ मत ल्याएर विजयी हुनु भएको छ

सचिव पदमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उहाँका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल हुनु भएको थियो ।

यस्तै ३ जना सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मत ल्याएर विजयी हुनु भएको छ । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी विजयी बन्नु भएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी बन्दना झाँगडले ५७ मत प्राप्त गर्नु भएको छ ।

९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गर्नु भएको थियो । २९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक राजन किरातीले बताउनु भयो ।

तीन उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा हुनुहुनथ्यो

३ जना सहसचिव पदका लागि भने १३ जनाको उम्मेदवारी परेको थियो । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बन्नु भयो । राजु आचार्य, सन्तोष थारु, हर्क लावती, निशान्त शर्मा, विजय प्रकाश बनेम, ठमनाथ पराजुली, कृष्ण जिमी दिलकुमार राई र तेजमान कन्दङ्वा भने पराजय बन्नु भएको छ । ।

१ जना कोषाध्यक्षका लागि गगनसहित ४ जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड चुनानि मैदानमा जानु भएको थियो ।

मङ्सिर २५ गते देखी अधिवेशन शुरू भएको थियो ।

Back to top button