कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि ८ बजेदेखि मतदान

जनकपुर । नेपाली कांग्रेस प्रदेश नं २ को नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ।

बुधवार नै मतदान हुने कार्य तालिका रहे पनि मतपत्र छपाइमा ढिलाइ भएको भन्दै निर्वाचन समितिले हिजो साँझ मतदान प्रक्रिया स्थगित गरी आज बिहान ८ बजेदेखि मतदान गर्न लागेको हो।

जनकपुर धामस्थित गोपाल धर्मशालामा मतदान हुने कार्यक्रम तय भएको निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमले जानकारी दिनु भयो ।

सहमतिमा नेतृत्व टुङ्गो लगाउने प्रयास असफल भएपछि दुई समूह छुट्टाछुट्टै प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

संस्थापन पक्षले कांग्रेस रौतहटका सभापति कृष्ण यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ भने अर्को पक्षले कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा प्यानलसहित उम्मेदवारी दर्ता गराएको छ।

कूल ७२ पदका लागि १७४ ले विभिन्न पदमा उम्मेदवारी दिनु भएको छ । त्यसमध्ये पाँच सदस्य निर्विरोध निर्वाचित भइसक्नु भएको छ भने ६ उम्मेदवारले उम्मेदवारी फिर्ता लिइसक्नु भएको छ ।

प्रदेशका आठ जिल्लाका ६४ प्रदेश निर्वाचन क्षेत्रबाट २५ गरी दुई हजार मतदाता रहेको जनाइएको छ।

Back to top button